राष्ट्रिय युवा संघले गर्‍यो पार्टीका दुवै अध्यक्षलाई सम्मान

प्रकाशित मिति:

काठमाडौं –प्रमुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । तत्कालीन युवा संघ नेपाल र वाइसिएल नेपालको एकीकरण राष्ट्रिय युवा संघको गठन भएपश्चात बनेको राष्ट्रिय युवा संघ नेपालको यो पहिलो राष्ट्रिय भेला हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा काठमाण्डुको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा उक्त भेला सुरु भएको हो ।

युवा संघले सबै जिल्लाका संयोजक र सहसंयोजक तोकिसकेको छ । नेकपामा आन्तरिक एकता सबैभन्दा पहिले टुंग्याउने भातृ संस्था पनि युवा संघ बनेको छ । राष्ट्रिय भेलाको शुभारम्भका क्रममा राष्ट्रिय युवा संघले पार्टीका दुवै अध्यक्षलाई सम्मान गरेको छ । त्यस क्रममा ओली प्रचण्डका अलावा तत्कालीन युवा संघ र वाइसिएलका सबै पूर्वअध्यक्षलाई सम्मानित गरिएको थियो । त्यस अवसरमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले सम्मान गरेका थिए भने पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई ओलीले सम्मानित गरेका थिए ।