कांग्रेस कार्यकर्ता एक भएर चुनावी अभियानमा लाग्न नेता भण्डारीको निर्देशन

प्रकाशित मिति:

काठमाडौँ /नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर उपनिर्वाचमा लाग्न निर्देशन दिएका छन्। जनताको अधिकार यश कम्युनिस्ट सरकारले निस्तेज पार्ने खोजेको र लोकतन्त्रमाथि हस्तक्षेप गर्दै गएको भण्डारीको भनाइ रहेको छ।उक्त कुरा नेता भण्डारीले आइतबार बागलुङ जिल्लाका नेता,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,क्षेत्रीय समिति,प्रदेश सभा समिति,भातृ संगठनका प्रमुख तथा स्थानिय नेताहरूको भेलामा सो कुरा बताएका हुन्।

गतका निर्वाचनहरूमा पार्टी भित्रका गुट उपगुटका कारण धेरै उम्मेदवारहरू पराजित भएका उदाहरण दिदै नेता भण्डारीले यो उपनिर्वाचन सरकार ढाल्नका निमित्त नभई पार्टीको अस्तित्वको लडाइ भएको हुदा दुई तिहाइ सरकार संग अतालिरहेका बेला एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाइ थियो।यश निर्वाचनमा व्यक्तिवादी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्ने समेत उनको भनाइ थियो।उपनिर्वाचन यहि मंसिर १४ गते रहेको छ।