दुवै हात गुमाएकी मेघा घिमिरेको अमेरिकामा कृतिम हात जडान

प्रकाशित मिति:

विजय थापा/वाशिंगटन डिसी, अमेरिका दुबै हात गुमाएकी बिराटनगर निवासी मेघा घिमिरेको कृतिम हात अमेरिकामा जडान गरिएको छ । हाई टेन्सन बिजुलीको तारमा अत्यधिक विद्युत संचालन शक्ति को कारण दुई हात गुमाउनु परेकी मेघा घिमिरेको अन्तत्वगत्वा अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सफलतापूर्वक हात जोडिएको छ ।नारायण रिना केसी मेमोरिएल फाउन्डेसन नारीकेसी स्मारक प्रतिष्ठान द्वारा मेघा घिमिरेलाई सहयोग गर्ने दातृ संस्था,अस्पताल ,नारी प्रतिष्ठानका सदस्य ,प्राविधिक ,संघरसंस्था,संचारकर्मी,समुदाय ,परिवार लगायतलाई एक समारोह बीच उच्च कदर गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।कार्यक्रममा कृतिम नयाँ हात लगाएकी स्वय मेघा घिमिरेले पनि प्रमाण पत्र बितरण गर्न सफल भएकी छिन् । मेघाले मन्तब्य राख्दै नारायण रिना केसी मेमोरिएल फाउन्डेसनकी संस्थापक तथा अध्यक्ष रिमा केसी कटवाल लाई भगवानको रुपमा देखेको बताईन । अमेरिका आउने परिकल्पना समेत नभएको अवस्थामा रिमा केसी९कटवाल ०को बिशेष पहलमा अमेरिका आएको र आफ्नो हात जोडिन सम्भव भएको बताइन ।

उनले अस्पताल आफ्नी आमा ,सहयोग गर्ने र बिश्व ब्यापीरुपमा आफूलाई चिनाउने संचार माध्यम लगायत दानबिरहरुलाई मुक्त कण्ठले प्रशंसा गरिन ।अध्यक्ष रिमा केसीले बिसेष गरि मेघाको हातको जडान गर्न सहयोग गर्ने वाशिंगटन डिसी स्थित प्रसिद्ध अस्पताल मेडस्टार तथा कृतिम हात निर्माण गर्ने ह्यांगर लगायत सहयोगी मन लाई कृतज्ञता ज्ञापन गरिन ।केसीले आफ्नो प्रतिष्ठानले गरेका कुराहरुको समेत छोटोमा चर्चा गरिन । र मेघालाई अमेरिका आउन प्रवेशाज्ञा अस्विकार भए पछि प्रतिष्ठानका कार्यकारी उप सभापति तथा डिसी क्षेत्रका प्रमाणित जन लेखापाल सिपिएको पहलमा सिनेटर र डिसी स्थित विदेश बिभागले समेत मेघालाई अमेरिका ल्याउन सहयोग गरेकोमा बिशेष बिशेष धन्यवाद दिईन ।मेघाकि आमा जसले अनवरत रुपमा छोरी मेघाको लागि अहोरात्र खटिई सेवा गरि रहेकी छिन् उनले अमेरिका आउन हामी सक्ने थिएनौ । पैसाले पनि सकिदैन थियो तर बिश्वब्यापी रुपमा सबैको सहयोग रहेको छ । तर रिमा केसी कटवालले आफू र छोरीलाई अमेरिकामा आफ्नै घरमा राखी र छोरीको उद्धार गरि दिनु भएकोमा धन्यवाद दिईन ।

उक्त समारोहमा सन् १९५८ मा डिसीमा स्थापित मेडस्टार वाशिंगटन हस्पिटल सेन्टर तथा डिसी कै ह्यांगर फाउन्डेसन संग नारायण रिना केसी मेमोरिएल फाउन्डेसनको स्मृतिपत्रमा सम्झौता एमओयु भएको छ ।उक्त समारोहमा प्रतिष्ठानका कार्यकारी उप सभापति हरि शर्माले सम्मान समारोहको कार्यक्रम संचालन गरेका थिए । समारोहमा डिसी क्षेत्रका बिधान सभा सदस्य ,सभासद ,सिनेटर ,स्थानीय स्तरका नगर क्षेत्रका निर्वाचित पदाधिकारी लगायत नेपाली समुदायलाई आमन्त्रित गरिएको थियो ।समारोहमा अनुपस्थित रहेका सिनेटरका प्रतिनिधिले संदेश दिनुको साथै मेघालाई हात जडान हुन् सकेकोमा बधाई दिएका थिए । समारोहमा पन्च कन्या द्वारा अतिथिहरुलाई स्वागत गरिएको थिए भने नारी प्रतिष्ठानको बारेमा जानकारी गराईएको थियो ।समारोहमा हर्नडनकि उप नगर प्रमुख शिला ओलेम ,परिषद सदस्य सिसार डेल अगुईला ,सदस्य रचना सिज्मोर हेइजर ,नेपाली मूलका हर्नडन शहरका नगर परिषद सदस्य प्रदिप ढकाल लगायतले छोटो मन्तब्य राखेका थिए । यसै गरि सिनेटर जोन बेल ,सिनेटर मार्क वार्नर लगायतका प्रतिनिधिले संदेश पढेर सुनाएका थिए ।समारोहका अन्त्यमा मेघा घिमिरेको खुशीको लागि भर्जिनियाका स्थानीय फ्युजन संगीत मण्डली ९ब्याण्ड०का आनन्दु लामाको बासुरीको धुनमा राजन अधिकारी तथा अर्जुन घिमिरेले साथ दिदै बासुरीको धुन प्रस्तुत गरेका थिए ।

थप समाचार