के हो राहु र केतु? जान्नुहोस्

प्रकाशित मिति:

राहु केतुको नाम लिनसाथ धेरैको मनमा डरको भावना आउने गर्दछ । यी दुवै ग्रह क्रुर हुने र समस्या ल्याउने कारक मानिन्छन् ।यी ग्रहका कारण अशुभ परिणामबाट व्यक्तिले कैयौं शारीरिक र मानसिक समस्या भोग्नुपर्ने हुन्छ । यी दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाया ग्रह हुन् । यी मध्ये राहु शीर हो भने केतु शरीर हो ।यसैले शरीरको माथिल्लो भागमा कुनै समस्या भए राहु र शरीरको तल्लो भागमा कुनै समस्या आएमा केतु जिम्मेवार हुने गर्दछ । कुण्डलीमा यी दुबै ग्रहका कारण काल सर्प दोषको समेत निर्माण हुन्छ । अर्थात कुण्डलीमा राहु र केतुको बीचमा सबै ग्रह आउँछन् भने यसलाई काल सर्प दोष मानिन्छ ।

यदि कुनै राशिका जातकको कुण्डलीमा राहुको दशा वा महादशा चल्दछ भने सो ब्यक्तिले कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनै राशिको जातकको कुण्डलीमा राहुको वक्र दृष्टि परेको छ भने उसको अगाडि संकटको लाम लाग्ने गर्दछट ।यस्तै केतुको नकारात्मक प्रभावले व्यक्तिको जीवनमा अचानक संकट आउने हुनसक्छ । यस्तो अवस्थामा यी दुबै ग्रहसँग जोडिएका उपाय गरेर मात्र समस्याबाट मुक्ति पाउन सकिन्छ ।