मन्दिरमा किन चढाइन्छ नरिवल?

प्रकाशित मिति:

काठमाडौँ /भक्तजनहरुले मन्दिरमा सवैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरिवलको प्रयोग बढी हुन्छ ।नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ हुन्छ ‘शुभ फल’। त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन शुरु भएको धार्मिक विश्वास रहँदै आएको छ ।वैदिक शास्त्र तथा पुराण तथा महाकाव्यहरुमा मन्दिरमा नरिवल चढाउनुपर्ने विषयमा उल्लेख गरिएको पाइन्छ । यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ।

नरिवललाइ धेरै जस्तो शुभकार्य गर्न प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ। नरिवललाई उर्वरताको प्रतिक मानिन्छ। त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ ।नरिवललाई विवाह, चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदि कार्यमा पनि प्रयोग गरिन्छ।कुनै कार्यको शुभारम्भ पूर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल फोड्नुपर्ने धार्मिक विश्वास रहँदै आएको छ ।पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडि वा कोहीलाइ स्वागत गर्दा नरिवलको पुजा गरिन्छ। नरिवललाइ दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ।नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ। धार्मिक विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ।