नेविसंघ को १२ औं महाधिवेशन कात्तिक १६, १७ र १८ गते हुने

पार्टी नेताहरुसंगको सल्लाहमा स्थान तय गर्ने

प्रकाशित मिति:

काठमाडौं । नेविसंघ को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गतेदेखि हुने भएको छ । गए राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको स्थान भने तोकिएको छैन ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले पार्टी नेताहरुसंगको सल्लाहमा स्थान तय गर्ने बताउनु भयो ।
महरका अनुसार असोज ७ गते मावि र क्याम्पसहरुको अधिवेशन सुरु हुने छ । १२ गते सबै पालिकाहरुमा, १५ गते निर्वाचन क्षेत्रहरुमा, २१ गते ७७ वटै जिल्लामा, असोज २३ गते काठमाडौं उपत्यकाका क्याम्पसमा तथा कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गरिने छ ।

महाधिवेशन प्रतिनिधिहरुको पहिलो नामावली प्रकाशन कात्तिक १३ गते हुनेछ ।नामावलीमा दावी विरोध र अन्तिम नामावली प्रकाशन १४ गते हुने छ । त्यसपछि १६ गते महाधिवेशनको उदघाटन गर्ने र १७ गते बन्दसत्र सुरु गर्ने कार्यतालिका बनाइएको अध्यक्ष महरले जानकारी दिनु भयो ।