शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट

प्रकाशित मिति:

काठमाडौँ /शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट भएको छ । आइतबार राति भएको समूह एको खेलमा इंग्ल्याण्डले कोसोभोलाई ४–० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।खेलको ३२ औ मिनेटमा ह्यारी विङ्कको गोलबाट इंग्ल्याण्डले अग्रता लियो । ७९ औ मिनेटमा ह्यारी केनले अग्रतालाई दोब्बर बनाए । त्यसको चार मिनेटपछि मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई ३–० को स्थितिमा पुर्याएका थिए ।

ईन्जुरी समयमा मासन माउन्टले गोल गर्दै पाहुना टिमलाई प्रभावशाली जित दिलाए । सिनियर स्तरको खेलमा माउन्टको समेत पहिलो गोल हो ।समूह चरणको अन्तिम खेलमा जित निकाल्दै इंग्ल्याण्डले छनोट प्रतियोगिताको अन्त्य गरेको हो । शीर्ष स्थानको इंग्ल्याण्डले ८ खेलबाट २१ अंक जोड्यो । कोसोभो ११ अंक सहित तेस्रो स्थानमा रह्यो ।