बंगलादेशविरुद्ध नेपालको खेल आज

प्रकाशित मिति:

काठमाडौँ /एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज सोमबार समुह चरणको अन्तिम खेल अन्तरगत बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।बंगलादेशमा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।समुह ’बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् ।दुवै खेलमा जित निकालेको बंगलादेश समूहको शीर्ष स्थानमा छ । नेपाल एकमा जित र एकमा हार ब्यहोर्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो ।बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।उपाधि दाबेदार बंगलादेशलाई हराउँदै नेपाल अघिल्लो चरणमा राम्रा टिमविरुद् क्रिकेट खेल्न चाहन्छ ।