रोनाल्डोको गोलमा पोर्चुगल विजयी

प्रकाशित मिति:

एजेन्सी /पोर्चुगल सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ ।युरोकप छनोट अन्तर्गत आइतबार राति भएको खेलमा लक्समबर्गलाई २ -० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो ।पोर्चुगललाई जित दिलाउन बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोत्चुगललाई २(० को जित दिलाए ।योसँगै रोनाल्डोले देशका लागि ९९ गोल गर्न सफल भएका छन् ।