‘ए मेरो हजुर ४’ बन्ने पक्का, सुहानासँग गर्नेछन् अनमोलले रोमान्स

प्रकाशित मिति:

काठमाडौं-फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको जोडी रहने भएको छ । फिल्ममा अनमोलले शीर्ष भूमिका निभाउने पहिले नै तय भए पनि लिखित सम्झौता भने शनिवार मात्र भएको हो ।‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका थिए । यो जोडीलाई झरनाले ‘ए मेरो हजुर ४’ मा पनि दोहोर्‍याउन लागेकी हुन् । झरनाकी छोरी समेत रहेकी सुहानाका लागि ‘ए मेरो हजुर ३’ डेब्यु फिल्म थियो ।

फिल्मलाई सुनील कुमार थापाले निर्माण गर्नेछन् भने झरना थापाले निर्देशन गर्नेछिन् । माघ २० गतेबाट फ्लोरमा जाने यो फिल्म नेपालसहित ओमान र हल्याण्डमा पनि छायांकन हुनेछ ।निर्माण टिमले अन्य कलाकार को–को रहने भन्ने जानकारी गराएको छैन । यद्यपि फिल्ममा अनमोल र सुहानाको शीर्ष भूमिका रहनेछ । र, यी दुवैलाई फेरि एकपटक प्रेमी प्रेमिकाका रुपमा पर्दामा देख्न पाइनेछ ।