नम्बर प्लेट रंग कम्पनि एउटै भएको दुई वटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा 

प्रकाशित मिति:

मनिष गुप्ता  \  कपिलवस्तुमा एउटै नम्बर प्लेट,रंग, कम्पनि भएको दुई वटा मोटरसाईकिल प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको कृष्णनगर न प ८ बहादुरगंज देखि तौलिहवा जाँदै गरेकोे लु २२प २७३१ नम्बरको स्मार्ट मोटरसाईकिल तथा बहादुरगंज देखि चन्द्रौटा तर्फ जाँदै गरेको स्मार्ट मोटरसाईकिलको रंग,कम्पनि तथा नम्बर एउटै भएको भेटिएको छ । ईप्रक बहादुरगंज प्रहरी नयाब निरिक्षक जगजिवन यादवको कमान्डमा खटिएको विशेष प्रहरी टोलिले सोमवार साझा बहादुरगंज देखि पक्रउ गरि अनुसन्धान प्रकृया अगाडि बढाएको ईप्रका गणेशपुरले जनाएको छ ।