२०२० को युरोकपमा पोर्चुगल छनोट

२ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  पोर्चुगल सन् २०२० को युरोकपमा छनोट भएको छ । समूह ‘बी’ अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।आइतबार नै छनोटको नजिक रहेको सर्विया शीर्ष स्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगल समूहको उपविजेताको रुपमा छनोट भएको हो । यस समूहमा बराबरी खेलेसँगै सर्वियाको पनि प्ले अफबाट युरोकपमा छनोट हुने सम्भावना रहेको छ ।

पोर्चुगललाई जिता दिलाउनको लागि सुपरस्टार क्रिष्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले समान एक/एक गोल गरे ।३९ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । खेलको ८६औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट गोल हनु नसक्दा खेल पोर्चुगलले जित्यो ।रोनाल्डोको यो राष्ट्रका लागि ९९औं गोल हो । सन् २००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोले देशका लागि एक सय ६४ खेल खेलेका छन् । उनी अब एक गोलले मात्र सतक नजिक छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया