‘पक्षपातपूर्ण पत्रपत्रिका वर्गीकरण अविलम्ब सच्याउनु पर्छ’ – पूर्व अध्यक्ष चापागाईं

२ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
45 Shares


बुटवल – नेपाल पत्रकार महासंघ रूपन्देहीका संस्थापक अध्यक्ष एवम् प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष अधिवक्ता बालकृष्ण चापागाईंले प्रेस काउन्सिल नेपालले भर्खरै जारी गरेको पत्रपत्रिका वर्गीकरण नतिजा चरम पूर्वाग्रही, पक्षपातपूर्ण र सर्वसत्तावादको ज्यादतीको पराकाष्ठाको रूपमा देखा परेको एक विज्ञप्तिमार्फत् बताउनु भएको छ । उच्च स्तरीय मिडिया आयोगका सदस्य तथा रा.स.स.का पूर्व अध्यक्ष समेत रहनुभएका चापागाईंले यस प्रकारको विवेकहीन र पूर्वाग्रही निर्णय यसअघि कहिल्यै नभएको बताउँदै यो निर्णय कुन गलत तत्वको प्रभावमा गरियो ? यसमा आफू आश्चर्यचकित भएको बताउनु भएको छ । यस निर्णयमा चरम पूर्वाग्रह र राजनीतिक सर्वसत्तावादको निर्णायक भूमिका रहेको स्पष्ट भएको बताउँदै अविलम्ब यसलाई सच्याउन प्रेस काउन्सिल नेपाल–वितरण सम्प्रेषण समिति, सूचना तथा सञ्चार मन्त्रालय र दुई तिहाईको नेकपाको सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु भन्नुभएको छ ।

विज्ञप्तिमा उहाँले प्रेस काउन्सिल नेपाल, वितरण सम्प्रेषण समितिको सिफारिसअनुसार सञ्चार मन्त्रीद्वारा स्वीकृत गरी जारी गरिएको पत्रपत्रिका वर्गीकरण नतिजा हेर्दा सुनियो जित रूपमा सञ्चार मन्त्री गोकुल बास्कोटालाई विवादमा पार्न र उनी विवेकहीन र मिडियाका बारेमा कुनै पनि जानकारी राख्दैनन् भन्ने कुरा पुष्टि गर्न खोज्दै उनलाई बदनाम गरी सञ्चार मन्त्रीबाट सुनियोजित रूपमा हटाउन भूमिका खेलेको आभास आफूलाई भएको बताउनु भएको छ । विज्ञप्तिमा उहाँले छद्मभेसी, चाटुकार र सरकारलाई बदनाम गर्न चाहने कुतत्वबाट सतर्क रहँदै हालै जारी पत्रपत्रिकाको नयाँ वर्गीकरण नतिजा रद्द गरी यथार्थ मूल्याङ्कनका आधारमा पुनः वर्गीकरण सार्वजनिक गर्न हार्दिक अनुरोध गर्नुभएको छ । विज्ञप्तिको अन्त्यमा उहाँले यदि यसबारेमा सरकार गम्भीर भई यथार्थ मूल्याङ्कन नगरेमा नेकपाको सरकारलाई समेत गम्भीर असर पर्ने हुँदा अविलम्ब उक्त निर्णयलाई पुनर्विचार गरी सच्याउन अनुरोध गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया