नाइट क्लबमा पूर्वराजा शाह र हिमानीको डान्स, घन्कियो ‘रातो र चन्द्र सूर्य’ गीत (भिडियोसहित)

प्रकाशित मिति:

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन् । शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको छ ।

नाइट क्लबमा पुगेर शाहले विदेशी र स्वदेशी ग्राहकसँगसँगै नाचगानमा सहभागी भए । शाहले नाचकै क्रममा आफ्नो लगाएको कोट पनि फुकाल्न पुगेका थिए । पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी थिइन् ।

प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए । शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारी लगायतका नायिका पनि क्लबमा देखिएका थिए । उनले नाचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए ।