वडाध्यक्षबाट राजीनामा दिएर शिक्षक

२ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
17 Shares

Symbolic

सल्यान – सल्यानका एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षणा पेशा अपनाएका छन्। सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक बनेका हुन्। तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन्। शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उत्तीर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्ष निकालेको बताए। ‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेँ,’ उनले भने।

आगामी दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले भने, ‘अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु।’ उनले गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका हुन्। सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए। (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बल्ल गर्यो सरकारले सहि समयमा सहि काम : भारतीय नागरीकको…
  • अक्षयकोषको रकमले गंगा प्राथमिक विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण
  • परमात्मा ,ईश्वरको साम्राज्य कहाँ छ ?
  • योग मानव मस्तिष्कको बृद्धि विकासमा महत्वपूर्ण
  • गलत तरिकाले सिन्दुर लगाउँदा हुन सक्छ धनको क्षति
  • सिन्दुर को महत्व के छ? हेर्नुहोस महत्व यस्ता छन
  • गौतम बुद्धले नै गरेका थिए ७ वर्गका श्रीमतीको वर्णन 
  • नेपाली चलचित्र क्षेत्रमा पर्यो अर्को बज्रपात: चलचित्र बिकास बोर्डका अध्यक्ष…
  • सोमबारको दिन पशुपतिनाथ मन्दिरको दर्शन गरि आजको राशिफल हेर्नुहोस जय…
  • चक्रब्यूहमा शिबको एक्सन अवतार हेर्नुहोस (ट्रेलर सहित )