डीएनए परिक्षण नमिले पछि निर्मला पन्त काण्डका मुख्य आरोपी बिष्ट रिहा

प्रकाशित मिति:

काठमाडौ । निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् । अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनी पनि छुटेका छन् ।

डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए । विष्टसँगै आँचल भनिने रोशनी बम र बविता पनि छुटेका छन् । जिल्ला अदालतले आँचललाई साधारण तारेखमा र बवितालाई ३० हजार धरौटीमा छाड्ने आदेश भएको कञ्चनपुरका एसपी कुवेरसिंह कडायतले जानकारी दिए ।

साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएन ।

आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।