मर्जरमा जाने सहमति गरेका ग्लोबल र जनता बैंकको साधारणसभा आज

२ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
6 Shares


काठमाडौं– मर्जरमा जाने सहमति गरेका ग्लोबल आइएमई र जनता बैंकको आज साधारणसभा हुँदैछ । साधारणसभामा संयुक्त मर्जर समितिले तय गरेको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) को प्रस्ताव पारित गराउने कार्यक्रम छ ।  मर्जर समितिले ग्लोबल आइएमईको एक सय कित्ता बराबर जनताको ८५ कित्ता हुने गरी स्वाप रेसियो निर्धारण गरिसकेका छन् । प्रस्ताव पारित गराउन दुबै बैंकले मंसिर २ गते आज साधारणसभा बोलाएका हुन् ।

ग्लोबल आइएमईले बैंकले १२.७५ प्रतिशत नगद लाभांस र १२.७५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव र जनता बैंकले ६ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गरेर पारित गर्नेछन् । जनता र ग्लोबल आइएमई एक आपसमा मर्जर हुने सम्झौतामा हस्ताक्षर भएपछि गत असार २२ गतेदेखि शेयर दाखिला खारेज दर्ता बन्द छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया