मिर्गौला पीडितले प्रधानमन्त्रीको निवास अगाडि यसो गरेपछी ….

प्रकाशित मिति:

काठमाडौं– मिर्गौला रोगबाट पीडितहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । निशुल्क हेमोडायलाइसिसको सुविधा उपलव्ध गराउन माग गर्दै उनीहरुले प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका हुन् । निशुल्क डायलाइसिस, जीविकोपार्जनको लागि मासिक पाँच हजार भत्ता लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेपनि सम्भव नभएपछि उनीहरुले बाहिरै प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री आफैं मिर्गौला पीडित भएरपनि मिर्गौलापीडितको समस्या नबुझेको भन्दै उनीहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीपनि मिर्गौला रोगबाट पीडित छन् । उनको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर केहीसमयदेखि मिर्गौलामा पुन समस्या देखिएपछि उनको तेस्रोपटक हेमोडायलाइसिस गरिएको छ । प्रधानमन्त्री ओलीको पुन मिर्गौला प्रत्यारोपणको तयारी गरिएको गरिएको छ ।