अभिनेता विपिन कार्कीलाई पूत्रीलाभ…

प्रकाशित मिति:

काठ्माडौं – अभिनेता विपिन कार्की दम्पतीलाई पुत्री लाभ भएको छ । ५ बर्ष अगाडि रेश्मा कटुवालसंग वैवाहिक बन्धनमा बाँधिएका विपिनको पहिलो सन्तानको रुपमा छोरीको जन्म भएको हो ।

सोमबार विहान ६ बजेर ४२ मिनेटमा बल्खु स्थित बयोदा अस्पतालमा रेश्माको कोखबाट छोरीको जन्म भएको हो । छोरी जन्मिदाको खुसि साट्दै अभिनेता कार्कीले इण्ट्रोनेपाल संग भने,’बडो तनाब हुँदो रहेछ बाउ बन्ने कुरा । के होला, कसो होला भन्ने डर चिन्ता हुँदो रहेछ । सिजरिङ गर्नु परेकाले अलिक डर थियो मनमा । तर, अहिले आमा र छोरीको अवस्था सामान्य छ । पहिलो सन्तानको रुपमा हाम्रो घरमा लक्ष्मीको आगमन भएकोमा हामी दम्पती निकै खुसि छौँ ।’

छोरीको नाम के राख्नु भयो भन्ने प्रश्नमा विपिनले भने, ‘दुई चार ओटा नाम सोचिराखेको छु । यही राख्ने भन्ने एकिन गरेका छैनौँ । उनले ठट्यौली शैलीमा भने, ‘आफ्नो नाम पनि मिलाएर राख्नु पर्यो नि । हतार छैन वितारै सोचेर राख्छौँ नाम चाहिँ ।विपिन पछिल्लो समय फिल्म ‘सेल्फी किङ’को सुटिङ सक्काएर बसेका छन् ।