आलमको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता शम्भु थापालाई आफ्नो कानुन ब्यवसायीवाट हटाउन प्रहरीले दिए सर्वोच्चमा निवेदन

प्रकाशित मिति:

काठमाडौं – रौतहटको राजपुरमा जिउँदै मान्छेलाई इटाभट्टामा जलाएर मारेको अभियोग लागेका काँग्रेस सांसद मोहम्मद अफ्ताव आलमको पक्षमा बहस गर्ने बरिष्ट अधिवक्ता शम्भु थापालाई आफ्नो कानुन व्यवसायीबाट हटाउँन माग गर्दै सर्वोच्चमा निवेदन परेको छ । सुरक्षाकर्मीको १६ बर्षे पेन्सन कायम रहनुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दिएका प्रहरी जवान दिपेन्द्र चन्दले कानुन व्यवसायीबाट हटाउँन माग गर्दै निवेदन दिएका थिए । उनको निवेदनको पक्षमा अधिवक्ता थापाले वहस गरिरहेका थिए । चन्दले आफ्नो उनी प्रति अगाध माया र प्रेम भएका कारण आफ्नो रिटमा थापालाई अधिवक्ता नियुक्त गरेको बताएका छन् । तर जिउँदै मानिसलाई जलाउने आलमको पक्षमा पनि थापाले वहस गरेका कारण आफुले उनी माथि गरेको माया र सद्भाव समाप्त भएको भन्दै आफ्नो कानुन ब्यवसायीवाट हटाउन उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।

आलम जस्ता अभियुक्तको पक्षमा बहस गर्ने अधिवक्ता थापाले हजारौं निमुखा प्रहरी जवानको पक्षमा कुशलतापूर्वक बहस गर्न नसक्ने चन्दले निवेदनमा उल्लेख गरेका छन् । राजपुर बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद आलमको पक्षमा बहस गरेको भन्दै यतिवेला अन्य अधिवक्ताहरुको समेत सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । तर,१२ बर्ष अघिको त्यो घटनाका दोषी आलम अहिले पक्राउ पर्नुमा राजनीतिक प्रतिशोध हुनसक्ने र आलम अपराधी घोषीत नभइसकेको सन्दर्भमा अभिवक्ताहरुले बहस गर्ने अधिकार संवैधानिक रहेको कतिपयको बुझाई छ ।