दाङमा विप्लवका कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

दाङ/सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विकलाई प्रहरीले पक्राउ गरेको हो । विक विप्लव समूहको दलित मुक्ति मोर्चाको जिल्ला कमिटी उपाध्यक्ष भएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।

सोमबार तुलसीपुरको सडकमा लुकिछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

थप समाचार