राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

प्रकाशित मिति:

काठमाडौँ /राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोग र मधेशी आयोगको आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन पेश पेश भएको छ ।समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।यसैगरी राष्ट्रपति भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा। विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।