धर्म निरपेक्षका नाममा जनतामाथि धोकाः अध्यक्ष राणा

प्रकाशित मिति:

नवलपारसी/राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले दलहरुको स्वार्थका कारण नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएको आरोप लगाएका छन् ।राप्रपा संयुक्तले आयोजना गरेको जानकी रथयात्राको क्रममा नवलपरासीको कावासोती पुगेका अध्यक्ष जबराले सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै काँग्रेस र कम्युनिष्टहरुले संविधानमा धर्मनरपेक्ष राज्य उल्लेख गरेर जनतालाई धोका दिएको आरोप लगाएका हुन्।

उनले नेपालीको पहिचान हिन्दु राष्ट्र भएको र जनाले पनि हिन्दू राष्ट्र नै चाहेको दाबी गरे । कार्यक्रममा अर्का नेता बिक्रम पाण्डले राप्रपाको इतिहास र सिन्द्धातहरु अन्य पाटीका भन्दा विशेष रहेकोले समाजमा एउटा तप्काले पार्टीलाई खोजी गरिरहने बताए ।उनले हिन्दु राज्य भनेर संविधानमा उल्लेख नगरेरसम्म राप्रपा संयुक्त आन्दोलित भइरहने पनि चेतावनी दिए ।जनकपुरको जानकी मन्दिरबाट शुरु भएको रथयात्र लुम्विनी पुगेर समापन हुनेछ ।