सीमा मिचिएको विरोधमा दोहोरी प्रतिष्ठानले गर्यो निन्दा र भर्त्सना

प्रकाशित मिति:

काठमाडौं  भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेत समेटेर प्रशासनिक नक्सा सार्वजनिक गरेपछि नेपालमाभारतविरोधी नारा लागिरहेका छन् । यसैबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसको भर्त्सना गरेको छ ।दोहोरी प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘छिमेकी राष्ट्र भारतको तर्फबाट पछिल्लो समयमा सार्वजनिक भएको नक्सामा नेपालको सीमा अतिक्रमण भएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको हो ।प्रतिष्ठानले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नेपाली भूमिलाई भारततर्फ पर्नेगरी सार्वजनिक भएको उक्त नक्सालाई अविलम्ब सच्याउनका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेकोे छ ।साथै प्रतिष्ठानले राष्ट्रियता र स्वाधीनताको पक्षमा आवाज बुलन्द पार्न समग्र कलाकारको ऐक्यबद्धता रहेको समेत जनाएको छ । ‘भारतको विस्तारवादी कदमको घोर निन्दा र भर्त्सना गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

थप समाचार