बंगलादेशमा जारी खेलमा नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो

२ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
34 Shares


काठमाडौं – नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ ।प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणको अन्तिम खेलमा भारतले हङकङलाई १ सय २० रनले पराजित गरेसँगै नेपाल बाहिरिएको हो ।यदि हङकङले भारतलाई पराजित गरेको खण्डमा नेपाल नेट रन रेटको आधारमा अघिल्लो चरणमा पुग्न सक्ने सम्भावना रहेको थियो । भारतको जितसँगै नेपाल समूहचरणबाटै बाहिरिएको हो।

ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा भारतले दिएको ३ सय २२ रनको फराकिलो लक्ष्य पछ्याएको हङकङ ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियोएको थियो ।यस समूहमा ३ खेलमा ६ अंक जोडेर बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । नेपालसँगै हङकङ पनि प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा नेपालले एक जित निकाल्यो । ३ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो । समूह चरणको सबै खेल गुमाएको हङकङ भने अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको हो ।नेपाली टोली  मंगलबार स्वदेश फर्किने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया