फुटबलको जादुगर पेलेका चार नाम र त्यसको रोचक कथा

२ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा बढी योगदान कसैको रहेको छ भने ऊ पेले हो ।पेलेलाई फुटबलको जादुगर भनिन्छ । उनको आफ्नो जादुको प्रभावले देशलाई दिलाएको सफलता आजसम्म कसैले बराबरी गर्न सकेको छैन ।उनको सहभागीतामा ब्राजिलले तीन पटक फुटबल विश्वकप जित्यो – सन् १९५८, १९६२ र १९७० मा । तीन विश्वकप उचाल्ने पेले विश्वका एक मात्र फुटबलर हुन् ।यसको साथ साथै सबैभन्दा कम उमेरमा विश्वकपमा गोल गर्ने, फाइनलमा पहिलो ह्याट्रिक हान्ने र धेरै फाइनल खेल्ने रेकर्ड पनि उनकै नाममा छ । पछिल्लो रेकर्ड आज ६० वर्ष पछि कसैले तोड्न सकेको छैन ।ब्राजिलमात्र होइन संसारभरी फुटबललाई लोकप्रिय बनाउने पेलेको जादुको कथा जत्तिकै रोचक छ उनको नामको कथा ।सबैभन्दा रोचक कुरा पेलेको नामबाट चिनिने यो नाम न उनको असली नाम थियो न त ‘निकनेम’ नै ।पेलेको जन्म ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर १९४० मा भएको थियो ।क्लब स्तरका फुटबलर पिता र गृहणी आमाले उनको नाम ‘एडसन’ राखिदिए ।यो नाम राख्नुको कारणबारे उनले आफ्नो सस्मरण ‘ह्वाई सकर म्याटर्स’ यस्तो उल्लेख गरेका छन् : “मेरो जन्म भएको समयमै मेरो सहरमा पहिलो पटक बिजुलीको बल्ब आएको थियो । मेरो आमा–बुवा बिजुलीको बल्बबाट सम्मोहित भएका थिए । त्यसपछि उनीहरुले यसलाई बनाउने थोमस अल्बा एडिसनको सम्मानमा मेरो नाम राख्न चाहे । तर उनीहरुले मेरो नाम राख्दा केही हिज्जे गल्ती गरेपछि मेरो नाम एडिसनको साटो एडसन भयो ।”यसरी पेलेको नाम एडसन भयो । पूरा नाम एडसन आरन्तेस दो नासिमेन्तो । ब्राजिलमा यस्तै खालको लामो नाम राख्ने चलन रहेको छ । त्यस अतिरिक्त मानिसहरुको छुट्टै छद्म राखिन्छ ।ब्राजिलमा हरेकको एक दुई ‘निकनेम’ हुने गर्छ । यस नामले उनीहरुलाई घरमा र साथीहरुले बोलाउने गर्छन् ।पेलेको ‘निकनेम’ थियो डिको ।

उनलाई चिन्नेहरुले यही नामले बोलाउँथे ।डिकोको बुवा आफै फुटबल खेल्थे । तर २५ वर्षको उमेरमा चेटको कारण उनको फुटबल करियर क्लब स्तरभन्दा अघि बढ्न सकेन । त्यसैले उनले आफ्नो छोरालाई फुटबलर बनाउने सपना देखेका थिए ।पछि उनको परिवार साओ पाउलोको बाउरु शहरमा बसाईं स¥यो ।बाल्यकालमै पेलेको उत्कृष्ट खेल कौशलको चर्चा हुन थालिसकेको थियो । पेलेले फुटबलको लागि आवश्यक संसाधन बीनानै खेलमा एक हिसाबको कौशल विकास गरेका थिए ।पेले च्यात्तिएको पुरानो कपडाको बल बनाएर फुटबल खेल्थे र कहिले घरको नजिक रहेको रेल स्टेशनमा रोकिएका रेलका सामानहरु चोर्थे र त्यसलाई बेचेर आएको पैसा जम्मा गरेर बल किन्थे ।९–१० वर्षको उमेरमा नै ‘डिको’ले आफ्ना साथीहरुलाई तीब्र गतिमा छक्याउन सक्थे । उनको गति यस्तो थियो कि उनलाई कुनै साथीहरुले भेट्न सक्दैनथे । यही कारण उनको नाम ‘ग्यासोलिना’(ग्यास जस्तो) रहन पुग्यो ।पेलेलाई यो नाम केही हदसम्म मन पनि प¥यो ।तर उनको नाम पेले कसरी रह्यो भन्ने बारेमा कुनै स्पष्टता रहेको छैन । यही कारणले यसबारेमा विभिन्न दाबीहरु गरिन्छ । सबैभन्दा ठूलो स्वरमा व्यक्त गरिने दावी अनुसार गेलिक भाषामा पेलेको अर्थ फुटबल हुन्छ, त्यही कारणले उनको नाम पेले रहन गयो ।तर यो दावीलाई साँचो मान्न सकिँदैन ।किनकी गेलिक आयरल्याण्डको वरपरको भाषा हो र त्यसको कुनै शब्द त्यो समयमा हजारौँ किलोमिटर टाढा ब्राजिलमा पुगेको थिएन ।पेले शब्द ‘हिब्रू’ भाषामा पनि पाइन्छ । जसमा उनको अर्थ चमत्कार हुन्छ ।तर, त्यो भाषा पनि ब्राजिल सम्म पुगेको छैन ।ब्राजिलमा पर्तुगाली भाषा बोलिन्छ । त्यो भाषामा पेलेको केही अर्थ हुदैन । तर १५ वर्षको उमेरमा सान्तोष क्लबमा जोडिदाँ पेलेको उक्त नाम रहिसकेको थियो ।

पेले नाम रहनुको कारणबारे पेलेले आफ्नो आत्मकथा ‘ह्वाइ सकर म्याटर्स’ मा बयान गरेका छन् । उनले लेखेका छन् “कोही पनि सही तरिकाले पेले नाम कहाँबाट आयो बताउन सक्दैनन्। तर मेरो मामा जर्जले भनेको कुरा सबैभन्दा विश्वसनीय छ ।”पेलेका मामा जर्ज उनीहरुसँगै बस्थे र कयैन वर्षसम्म उनको कमाईमा पेलेको परिवार निर्भर रहेको थियो ।जर्जका अनुसार बाउरुको स्थानीय फुटबल क्लबका एक गोलकिपरको नाम बिले थियो । त्यो क्लब पेलेको पिताले पनि खेलेको क्लब थियो । बिले आफ्नो शानदार गोलकिपिङ्गको कारणले निक्कै लोकप्रिय थिए ।अर्को तर्फ बाल्यकालमा डिकोले कयैन पटक गोलकिपरको पनि भूमिका निभाएका थिए । उनले राम्रो बचाउ गर्दा मानिसहरु उनलाई दोश्रो बिले भन्ने गर्थे ।पेलेले आफ्नो आत्मवृतान्तमा भनेका छन् “हेर्दा हेर्दै बिले कहिले पेलेमा बदलियो कसैले ख्यालै गरेनन् ।”तथापी शुरु शुरुमा डिको आफूलाई पेले भन्ने साथीहरुसँग झगडा गर्थे । उनलाई यो नाम फिटिक्कै मन पर्दैनथ्यो ।तथापी छेउछाउका मानिसहरुले उनलाई पेले नामले चिन्न थालिसकेका थिए । तर, आधिकारिक रुपमा उनको पेले नाम सान्तोष क्लबसँग जोडिएपछि शुरु भएको हो ।अनुमान गर्न गाह्रो छैन कि सान्तोषका प्रबन्धकहरुले पेलेलाई एक ब्राण्डमा बदल्न महत्वपूर्ण भूमिका निभाए ।यसको बारेमा पेलेले आफ्नो आत्मकथामा थप लेखेका छन्, “पेले एक अलग पहिचान बनिसकेको थियो । एडसन बाउरुबाट आएको एक गरिब केटो थियो । उसलाई घरको सम्झना आउँथ्यो । तर अर्को तर्फ पेले किशोर कालमै उदाउदो ‘स्टार’ थियो । उसलाई विश्वकै सबैभन्दा ठूलो खेलाडी बन्छ भन्ने आशा गरिएको थियो ।”“एड्सन एक सङ्कोची केटा थियो भने पेले हजारौँ मानिसहरु अगाडी पनि क्यामेराको अघि सहज ढंगले मुस्कुराउन सक्थ्यो । एक मानिसको दुई रुप थियो, दुई भिन्न वास्तविकता थियो । एउटालाई म राम्ररी चिन्दथें, अर्को नयाँ थियो, जो बदलिरहेको थियो र कहिले काँकी उसलाई देखेर म आतिन्थें ।”बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया