युरोकप छनोट फुटबलः अर्मिनियाको पोस्टमा इटालीको ९ गोल

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा ईटालीले शानदार जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले पराजित गरेको छ ।सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गरे । अर्मिनियाका ईडगर बाबायानले एक गोल फर्काए ।

बाबायानले ईटालीलाई ईतिहासकै सबैभन्दा ठूलो जित निकाल्नबाट भने रोकेका थिए । सन् १९४८ मा ईटालीले अमेरिकालाई ९–० गोल अन्तरले हराएको थियो ।विश्वकप २०१८ मा छनोट हुन असफल ईटालीले युरोकप छनोटमा भने शानदार प्रर्दशन गर्यो । ईटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्यो । र समूह जेको शीर्ष स्थानमा रहँदै छनोटको अन्त्य गर्यो । अर्मिनिया १० अंक सहित पाँचौ स्थामा रह्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग