भोलिको खेलमा माल्दिभ्सलाई हराउंदै फाइनल पुग्ने नेपालको लक्ष्य

प्रकाशित मिति:

साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले भोलि बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा माल्दिभ्सलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपालको लक्ष्य छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालले बुधबार इतिहास रच्ने बताए । ‘दिनैपछि सुधार गरिरहेका छौं अर्को कुरा भनेको हाम्रो बेन्च खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन्’ मंगलबार प्रि(म्याच कन्फ्रेन्समा बोल्दै बालगोपालले भने ।

नियमित कप्तान विराज महर्जनले समूह चरणको पहिलो खेल खेलेपछि टिममा सुधार आएको बताउँदै माल्दिभ्सविरुद्ध आत्मविश्वासका साथ खेल्ने बताए ।