कश्मीरको सियाचिनमा हिमपहिरोमा परी छ भारतीय सैनिकको मृत्यु

प्रकाशित मिति:

एजेन्सी/विश्वकै सबैभन्दा उचाइमा रहेको युद्धक्षेत्र सियाचिन ग्लेशियरमा सोमवार भारतीय सेनाको ४ सहित ६ जनाको मृत्यु भएको छ । गस्तीमा हिँडिरहेका बेला हिउँ पहिरोमा परी ४ सैनिक जवान र अन्य २ स्थानीय भरीयाको मृत्यु भएको हो । घटनापछि सैनिकहरुलाई हेलिकोप्टर मार्फत उदार गर्ने प्रयास गरिएपनि अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण उनीहरुको मृत्यु भएको हो ।आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट ९५८०० मिटर को उचाइमा गस्ती गर्दै थिए।

त्यही बेला उनीहरू हिमपहिरोमा परेका हुन्। माइनस ६० डिग्री सेल्सियससम्म हुने सियाचिनमा भारत र पाकिस्तान दुवै देशले आआफ्ना देशका सैनिक तैनाथ गर्दै आएका छन् । दुवैले आ( आफ्नो सार्वभोमको अडान लिँदै विवादित सो क्षेत्रमा सैनिक खटाउनेगरेपनि लडाईबाट भन्दा बढी हिउँ पहिरोका कारण सैनिकहरुको मृत्यु हुने गरेको छ ।वार्ताहरूपछि पनि पाकिस्तान र भारत सियाचिन ग्लेशियरमा सेनाको उपस्थिति हटाउन विफल भएका छन्। सन् १९८४ मा भारतले सियाचिन ग्लेशियरमा नियन्त्रण जमाएको हो।सन् २०१६ को फेब्रुअरी महिनामा त्यही क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा भारतीय सेनाका १० जनाको मृत्यु भएको थियो।