युवापुस्तामा बढ्दो मदिराको लत

प्रकाशित मिति:

काठमाडौँ /फेसन, जीनवशैली र रमाइलोका लागि मदिरा प्रयोग गर्नु सामान्यजस्तो भइसकेको छ तर निश्चित उमेर नपुगी मदिरा सेवन गर्न हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । यो मान्यता त्यसै बनेको होइन । मदिराले युवाको जीवनशैली र सिर्जनामा पूरै प्रतिकूल असर पार्ने भएकाले पनि यस्तो मान्यता विकास भएको हो ।नेपालमा १८ वर्ष नपुगेका कतिपय युवामा मदिरा सेवन सोख वा जीवनशैली बनेको छ । ‘प्लस टु’का विद्यार्थी तथा युवा पुस्तामा मदिरा सेवन एउटा फेसनका रूपमा बढ्दै छ । कलेजमा हुने बिदाइ पार्टी, साथीहरूसँगको ‘भेटघाट’, वनभोज, चाडपर्व र खुसियाली मनाउनेजस्ताकार्यमा मदिरा पिउनु फेसन नै बनेको छ ।

नेपालमा मदिराजन्य वस्तुको खुला बिक्री हुने गरेको र केही वर्षयता यसलाई नियन्त्रित गर्ने प्रयास गरिएको भए पनि सेवन गर्ने युवापुस्ता भने थपिँदै गएको जानकारहरू बताउँछन् । मदिरा उत्पादन कम्पनीहरूले पनि थरीथरीका मदिरा उत्पादन तथा विज्ञापन गर्ने परम्पराले प्रयोग गर्ने गरेकाले बजार विस्तारलाई स्पष्ट पार्छ । कतिपय मदिरा उत्पादन कम्पनीले युला र महिलालाई लक्ष्य गरेर अहिले नयाँनयाँ कक्टेल, ब्रान्डी जिन र रम, वाइनहरूको उत्पादन गरी बजारमा ल्याएका छन् ।फिजिसियन डा। रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताउनुभयो । उहाँले गुणस्तरीय र मात्रात्मक रूपमा मदिराको प्रयोग स्वास्थ्यका लागि लाभदायक भए पनि आफ्नो स्वास्थ्यलाई राम्रो राख्न सन्तुलित भोजन गर्नुपर्ने बताउनुभयो ।मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा। पाण्डेले आँखाको शक्ति पनि कमजोर हुने बताउनुभयो । मदिरा प्रयोग गरिरहेको मान्छेले झट्टै छोड्दा हात काम्ने, आँखाले नदेख्नेजस्ता समस्या आउने हुनाले यसलाई कम गर्दै थोरै मात्रामा सेवन गरी बिस्तारै छोड्नुपर्ने उहाँको सुझाव छ ।मदिरा धेरै प्रयोगले धरै बेफाइदा भए पनि मात्रा मिलाएर प्रयोग गरेमा फाइदा पनि निकै छ । मुटुको रोग र आन्द्रामा हुने क्यान्सर भएका मानिसले बजारमा पाइने गुणस्तरीय ब्रान्डको रेड वाइन, ह्वाइट वाइन बिहान बेलुका एक गिलास प्रयोग गरेमा राम्रो हुने अनुसन्धानबाट पत्ता लागिसकेको पनि डा। पाण्डेले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्रमा छ ।