रिमाको नजरमा पूर्वराजा ज्ञानेन्द्र हारेर पनि जित्ने बाजीगरजस्ता

प्रकाशित मिति:

काठमाडौेंं / आइतबार रातिदेखि पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा नाचगान गरेको भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा ‘भाइरल’ छ । पूर्वराजा ज्ञानेन्द्र र युवराज्ञी हिमानी शाह परिवारका सदस्यसहित शनिवार ‘लड्र्स अफ ड्रिङ्स’ एलओडी नामक नाइट क्लबमा सहभागीसँग झुम्दै नाचेका थिए । सोही बेला पूर्व राजा ज्ञानेन्दसँग भेट गरेकी रिमाले सोचे भन्दा फरक निकै सौहाद्र र शालिन पाएको बताइन् । उनले ज्ञानेन्द्र शाहलाई ‘हारेर पनि जित्ने बाजीगर’जस्तो र पहिलो भेटमै उनीबाट प्रभावित बनेको बताइन् ।

शाह एलओडी पुग्दा अभिनेत्रीहरु रिमा विश्वकर्मा र केकी अधिकारी पनि नयाँ कार्यक्रमबारे योजनाका लागि सोही क्लबमा थिए। पूर्वराजा आउने भन्ने सुनेपछि रिमा र केकी पनि भेटेर जाने इच्छा सहित बसिरहे । केही समयमा ज्ञानेन्द्र शाह परिवारको सदस्यसहित क्लबमा आइपुगे । क्लबमा कलाकारहरु आएको सुनेपछि हिमानी र ज्ञानेन्द्रले पनि रिमा र केकीसँग केही बेर सँगै बसी गफगाफ पनि गरे। उनीहरुले नेपाली फिल्मको बर्तमान अवस्थाबारे केकी र रिमामार्फत जानकारी लिए । हिमानीले त केकीको नयाँ फिल्म आफुले हेरेको र मन परेको समेत बताएकी थिइन् ।रिमाले पूर्व राजाका परिवार एलओडीमा आउने सुनेर उनका शुभचिन्तकहरु लगायत धेरैको भिड लागेको र ठूलो सेलिब्रेटी सार्वजनिकस्थलमा गएको जस्तो माहोल बनेको बताइन् । सो माहोलमा पूर्व राजपरिवारसित रमाउन पाउँदा निकै फरक महशुस गरेको बताइन् ।