प्रदेश १ ले चुम्यो दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि

प्रकाशित मिति:

बागलुुङ /न्वागीको अवसरमा नेपाल सितोरियो कराँते डोजो बडिगाडले आयोजना गरेको दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि प्रदेश १ ले चुमेको छ । मंसिर १ गतेदेखि २ गतेसम्म सञ्चालित प्रतियोगिताको उपाधि प्रदेश १ चुम्दै नगद ८० हजार, कप, मेडल, प्रमाणपत्र र ट्रफि हात पारेको हो । यस्तै, प्रतियोगिताको दोस्रो स्थान गण्डकी प्रदेशले हालिस गर्न सफल भएको छ । उसले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र र ट्रफि हात पार्ने सफल भएको छ । आयोजित प्रतियोगितामा आयोजक टिमले तृतीय स्थान हालिससहित नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र र ट्रफि हात पार्ने सफल भएको छ ।

प्रतियोगितामा सात प्रदेश र आयोजकसहित ८ टिमको सहभागिता रहेको थियो । मंसिर १ र २ गतेसम्म बडिगाडको खार बजारमा सञ्चालित प्रतियोगितामा आयोजकबाट निरुपा तामाङ सर्वोउत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले नगद ५ हजारसहित सम्मान पत्र पाएकी छन् । यस्तै पुरुष तर्फ प्रदेश ५ का यमबहादुर समाल सार्वेउत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पनि ५ हजार र सम्मानपत्र पाएका छन् ।आयोजित प्रतियोगितामा बिजेता टोली, सातै प्रदेशका प्रशिक्षक, रेफ्रिलगायतलाई सम्मान गरिएको थियो । समापन कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंहपाइजाको प्रमुख आथित्यता, राष्ट्रपतिका उपसचिव हरिमाणि आचार्यको विशेष आथित्यता र ‘संयोजक राजन पाइजाको अध्यक्षता रहेको थियो । प्रतियोगिताका लागि बडिगाड गाउँपालिकाले २२ लाख ५० हजार विनियोजन गरेको थियो ।