बेलायतबाट गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्यको लागि नाम सिफारीश

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बेलायत – बेलायतबाट पत्रकार शर्मा सहित आइसीसी सदस्यको लागि ७ जनाको नाम सिफारीश। गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) को लागि वेलायतबाट ७ जनाको नाम सिफारिश गरिएको छ ।गैरआवासीय नेपाली संघ युकेका अनुसार सिफारिशमा पर्नेमा पत्रकार चिरन शर्मा, विजन भट्ट, रण बहादुर के सी, चन्द्र गुरुङ, रमेश सराङकोटी, भाग्यनारायण यादव र भोला खनाल छन् ।

यसअघि गैरआवासीय नेपाली संघले विश्वभर छरिएका राष्ट्रिय समितिलाई क्षेत्रीय संयोजक मार्फत आइसीसी सदस्यको लागि १८ नोभेम्वर भित्र सिफारीश गर्न आग्रह गरेको थियो ।गैरआवासीय नेपाली संघको विधानको दफा २२ (१४) अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रहेर योगदान गर्न सक्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गर्ने प्रावधान छ। संघको विधान अनुरुप ७ महिला सहित २१ जना केन्द्रीय समितिमा मनोनयन गर्ने व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया