प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा मृगौला पीडितहरुले गरे बिरोध प्रर्दशन

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – प्रधानमन्त्री स्वयम् मृगौला पिडित भएर पनि पिडितको समस्या नबुझेको भन्दै मृगौला पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन्।मृगौला पिडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पिडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिदै आएको सुविधा यथावत राख्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका हुन्।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि आक्रोशित बनेका थिए।प्रधानमन्त्री आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश समेत पोखेका छन् ।

पीडीतहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन्।प्रधानमन्त्रीसँग भेटगर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माईतीघरमण्डला सम्म आएका थिए। उनीहरुले मण्डलामा पनि केही समय प्रर्दशन गरेका थिए।hollywood khabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु