उपनिर्वाचनको लागि अनुगमन समितिको गठन

प्रकाशित मिति:

गुल्मी/गुल्मी जिल्लाको रुरुक्षेत्र गाउपालिका ६ रिमुवामा मङ्सिर १४ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनलाई नेपाली कांग्रेस गुल्मीले विशेष चासोका रुपमा लिएको छ।निर्वाचनलाई ब्यबस्थित तथा प्रभावकारी परिचालनका लागि नेपाली कांग्रेस गुल्मीले रुरुक्षेत्र गाउपालिका (६ रिमुवामा हुने उपनिर्वाचनका लागि अनुगमन तथा निर्वाचन समन्वय समिति गठन समेत गरेको छ।नेपाली कांग्रेसका गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्ला सचिव खिलध्वज पन्थीको संयोजकमा ५ सदस्य अनुगमन समिति बनाएको हो।

समितिको सदस्यमा नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य प्रकाश भलामी,नेपाल प्रेस युनियन गुल्मी अध्यक्ष रेशम कुवर, डेमोक्रेटिक लयर्श एसोसिएसन गुल्मीका अध्यक्ष भिम न्यौपाने,नेपाल महिला संघ रिमुवा वडा सभापति सकुन्तला पौडेल रहेका छन्।नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले अनुगमन समितिले उपनिर्वाचनलाई प्रभावकारी र धाधली रहित बनाउन अब्बल भूमिका निर्माण गर्ने बिश्वास लिनुभएको छ।

थप समाचार