नारीहरुको महानपर्व हरितालिका तीजको अघिल्लो दिन आज महिलाले तीजको दर खाएर मनाउँदै

प्रकाशित मिति:

आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर तीजको अघिल्लो दिनराति अबेर दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरु आजव माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् । दर खाने दिनबाट तीजको मुख्य रौनक सुरु भएको मानिन्छ । पहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज शहरबजारमा पहिलेदेखिनै दर खाने चलन बढेको छ । हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ । हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार भोली महिलाहरु ब्रत बस्ने गर्छन् ।