नयाँ लुक्समा अभिनेता विपिन कार्की

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  ६ बर्षअधि ‘छड्के’ मा सामान्य भूमिकाबाट फिल्मी यात्रा सुरु गरेका विपिन कार्की अहिलेका कुसल अभिनेतामा गनिन्छन् । त्यसो त रंगकर्मीदेखिको उनको फिल्मी यात्रा अहिले कुशल अभिनेताको उपमा पाउँदासम्म उनले निकै मेहनत गरेको स्वयम्लेनै सुनाउने गरेका छन्।यतिबेला ‘सेल्फी किङ’ को छायाङकनको तयारीमा रहेका उनी उक्त फिल्ममा आफु हास्य कलाकारको रुपमा अभिनय गर्न गैरेको सुनाउन्छन्। सोमबार सार्वजनिक गरिएको उक्त फिल्मको फस्र्ट लुकमा विपिन अभिनीत गोपाल दाहालको चरित्रमा देखाँ पर्ने भएका हुँन् ।

विसाल सापकोटाको पहिलो नर्देशन रहेको उक्त फिल्ममा विपिन ‘जोकर’ गेटअपमा देखिएका छन् भने उनको अनुहारको भाव पिडामा देखिन्छ ।हास्य कलाकारले आफ्नो पिडा लुकायर भएपनि कसरी दर्शकलाई हसाँउन्छ भन्ने उक्त फस्र्ट लुकमा देख्न सकिन्छ । आगामी माघ २४ गतेबाट प्रर्दशनीमा आउने उक्त ‘सेल्फी किङ’को पोस्टमा पनि उक्त थिम देखाउन खोजिएको छ । फिल्ममा अभिनेत्रीको रुपमा केकी अधिकारीको भूमिका रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया