विभिन्न पार्टी परित्याग गरि १०० जना कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

बागलुङ/बागलुङको निसिखोला गाउँपालिका वडा न।७ राजकुटमा विभिन्न पार्टी परित्याग गरि १०० जना नेपाली कांग्रेसका प्रवेश गरेका छन्। उपनिर्वाचनमा बागलुङ क्षेत्र न।२९ख०मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका जितबहादुर शेरचनको चुनावी सभामा प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृण्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शंकर भण्डारीले संयुक्तरूपमा साधारण सदस्य,टीका र माला लगाई प्रवेश गराएका हुन्।परित्याग गरि कांग्रेमा आउने नेकपा,जनमोर्चा र राप्रपाका स्थानिय नेता तथा कार्यकर्ता रहेका रहेका थिए।