सहकारी संस्थामा भेटिए नेपाली नक्‍कली नोट

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा : स्याङ्जाको वालिङस्थित सहकारी संस्थामा नेपाली नक्‍कली नोट भेटिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड कार्यालयमा कारोवारका क्रममा संकलित रकममध्ये केही नक्‍कली नोट भेटिएको हो ।

नगरपालिकाका विभिन्न ३ वटा सहकारी संस्थाबाट संकलित रकममध्ये पाँच सय र एक हजारका नक्‍कली नोट भेटिएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले जनाएको छ । सहकारीमा जम्मा भएको मध्ये ५ नोट नक्‍कली भएको शाखा प्रमुख सुवास आचार्यले बताए । ‘नोट डिटेक्टर मेसिनमा राख्दा नक्‍कली भएको थाहा भयो,’ उनले भने।

यसैसाता पाँच सय रुपैयाँका ४ वटा र एक हजार रुपैयाँका एउटा गरी ५ वटा नक्‍कली नोट भेटिएको हो । भेटिएको नक्‍कली नोट राष्ट्र बैंक पोखरामा पठाइएको आचार्यले जानकारी दिए । स्याङ्जामा रहेका ३ सय ५० भन्दा बढी सहकारी संस्थाको कारोबार राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय वालिङबाट गरिँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग