मुक्तिनाथ विकास बैंकको अधिकृत पूँजी ५ अर्ब पुर्‍याइने

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – मुक्तिनाथ विकास बैकले मर्जरमा जाने निर्णय गर्ने जिम्मा सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।गत आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एकआपसमा मर्जर हुने वा एक्विजिशन गर्ने वा मर्जरमा जाने अन्य सबै निर्णय गर्ने जिम्मा लिने प्रस्ताव साधारणसभामा लैजाने प्रस्ताव पारित गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले अधिकृत पूँजी ५ अर्ब पुर्‍याउनका लागि विधान संसोधन गर्ने निर्णयसमेत गरेको छ । अहिले कायम रहेको चुक्ता पूँजी बढाउन साढे ३७ प्रतिशत बोनश शेयर वितरण गर्नेसमेत निर्णय गरेको छ ।बैंकको साधारणसभा बैठकका लागि मंसिर २३ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया