कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको अग्रपंक्तिमा अभिषेक रिजाल र रञ्जित धिमाल

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गतको नेपाल र कुवेतबीचको खेल मंगलबार केही समयमा शुरु हुँदैछ ।नेपाली समयानुसार दिउँसो २:४५ बजे भुटानको चाङ्लीमिथाङ रंगशालामा शुर हुने खेलमा नेपाली टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ ।कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको अग्रपंक्तिमा अभिषेक रिजाल र रञ्जित धिमाल रहेका छन् । यस्तै डिफेन्डरमा अजपत भण्डारी, देवेन्द्र तामाङ र अनन्त तामाङ छन् । मिडफिल्डमा रोहित चन्द, विक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रविसंकर पासवाङ छन् भने फरवार्डमा अभिषेक रिजाल र रञ्जित धिमाल रहेका छन्नेपालका मुख्य प्रशिक्षक योहान कालिनले मिडफिल्डमा ५ जना खेलाडीलाई मैदान उतार्दा डिफेन्समा ३ जना खेलाडीलाई जिम्मेवारी दिएका छन्। यो फर्मेसनमा पछिल्लो समय नेपालले खेलेको छैन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया