अस्ट्रेलियाको सिड्नी धुवाँले ढाकियो

प्रकाशित मिति:

एजेन्सी /अस्ट्रेलियाको ब्यस्त सहर सिड्नी यतिबेला बाक्लो धुवाँले ढाकिएको छ । सिड्नी वरपरका जंगलमा लागेको आगोका कारण सिड्नीमा धुवाँ फैलिएको हो।बीबीसीका अनुसार रातभरि चलेको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब भएको अधिकारीहरूले बताएका छन्।

बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको कुरा स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।न्यु साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिस बस्छन्।न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौंदेखि फैलिएको डढेलोका कारण ६ जनाको मृत्यु भइसकेको छ।सिड्नीको उत्तरतर्फका झन्डै ५० स्थानमा डढेलो फैलिएको छ। अधिकारीहरूले यो हप्ता डढेलो अझै बढ्न सक्ने बताएका छन्।