पर्यटकको स्वागतका लागि गलकोट दुलहि झै श्रङगारियो

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री /बागलुङ-बागलुङको गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सवमा आउने पर्यटकको स्वागतको लागि गलकोटलाई दुलहि झै श्रङगारिएको छ ।
भोलि देखि सञ्चालन हुन गईरहेको दोस्रो गलकोट घुम्टे महोत्सवलाई लक्षित गरि गलकोटका चोक चोक सरसफाई सँगै झिलिमिली पारिएको हो । महोत्सवमा आउने पर्यटकहरुलाई स्वागत गर्नको लागि गलकोटलाई अहिले दुलहि झै श्रङगारिएको छ । गलकोटको हटिया, हरिचौर बजार लगायत विभिन्न टोलटोलमा यतिबेला महोत्सव प्रचार सामाग्री सँगै ध्वजा पताकाले रङगीचङगी भएको छ । गलकोट नगरपािलका र ताराखोला गाँउपालिकाको प्रत्येक वडामा डिपिआर तयार गरि गलकोटलाई पर्यटकिय हवको रुपमा विकास गर्ने उदेश्य सहित आयोजना गर्न लागेको दोस्रो गलकोट घुम्टे महोत्सवको तयारी समेत अन्तिम चरण पुगेको छ ।

महोत्सव उद्घाटनका लागि नेपाल सरकारका माननिय गृहमन्त्रि राम बहादुर थापा बादल आउने तय भएको छ । भोलि देखि सञ्चालन हुने महोत्सवको लागि महोत्सव स्थलमा रमाइलो मेला, बाल उद्यान,स्टल निर्माण भईसकेको छ, भने महोत्सव स्थल वरपर सरसफाई सँगै महोत्सव अवलोकनको लागि आउने दर्शकको स्वागतको लागि महोत्सव स्थल लगायत आसपासका क्षेत्रमा झिलीमिली बनाइएको छ । महोत्सव स्थल सम्म पुग्नको दर्शकलाई यातयातमा सहज बनाउनको लागि अवरुद्ध मोटरबाटो खुलाई सकिएको छ । त्यस्तै गलकोट नगरपालिकाका प्रत्येक वडामा महोत्सव प्रवेशद्धार समेत निर्माण गरिसकिएको छ ।
१३ वर्ष पछाडि हुन लागेको महोत्सव अवलोकन गर्न आउने दर्शकले प्रत्येक दिन राष्ट्रिय स्तरका लोदोहोरी गायक गायिका, पप गायक गायिका हास्यव्यङ्ग्य कलाकार, मोडलहरुको सांगेतिक र हास्यव्ङ्ग्य प्रस्तुति गलकोटका पुराना र मौलिक संस्कृतिका गीत तथा नृत्यहरु ९साँस्कृतिक झाँकी० प्रदर्शन, स्थानीय हस्तकलाका सामग्री प्रदर्शन,विभिन्न जातजातिको वेषभूषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यवसायिक बस्तु प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्विर समेत अवलोकन गर्न पाउने आयोजकले जनाएको छ । गलकोटमा विगतमा भएका महोत्सव भन्दा यो महोत्सव फरक हुने भन्दै आयोजकले सम्पुर्णलाई महोत्सव अवलोकन गर्न अनुरोध समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण