भाइ प्रकाश दाहालको सम्झनामा दिदीहरुको भावुक स्टाटस

प्रकाशित मिति:

काठमाडौं – संविधान जारी भएपछि २०७४ साल निर्वाचनमय बन्दै थियो । संविधान सभाबाट जारीको संविधान कार्यान्वयन स्वरुप स्थानीय तहमा निर्वाचन सम्पन्नपछि संघीय संसदको निर्वाचनको माहौल बन्दै गइरहेको थियो । नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका थिए । यही बेला पुष्पकमल दाहाल प्रचण्ड र उनकी बुहारी विना मगर पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । प्रचण्ड परिवार चुनामा होमिएको थियो ।

तर, यही बेला अचानक प्रचण्ड परिवार बज्रपात भयो । २०७४ मंसिर ३ गते प्रचण्डका एक मात्र पुत्र प्रकाश दाहालको निधन भयो । मंगलबार प्रकाशको दोस्रो स्मृति दिवस मनाइँदैछ । प्रकाशको सम्झनामा उनकी दुई दिदीहरुले सामाजिक सञ्जाल फेसबुक भावुक स्टाटस लेखेका छन् ।

प्रकाशकी दिदी गंगाले भाइको अभावबारे केही लेख्न नसक्ने भनेकी छन् । उनले भाइ प्रकाशले छाडेर गएको जिम्मेवारी पूरा गर्ने कोशिश गरिरहेको बताएकी छन् । फेसबुकमा गंगाले लेखेकी छन्, ‘बाबु कसरी लेखु तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिम्ले छोडेका जिम्मेवारी पुरा गर्ने कोशिस गर्दैछु बाबु ।’यस्तै अर्की दिदी तथा भारतपुर महानगरकी मेयर रेणु दाहालले पनि फेसबुकबाट पनि भाइ प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।