फेरी आकासियो सुनको भाउँ

प्रकाशित मिति:

काठमाडौं –  मंगलबार बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७२ हजार र तेजावी सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँ निर्धारण गरिएको हो ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला चार सय रुपैयाँ वृद्धि भएको हो । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी मंगलबार प्रतितोला १० रुपैयाँ वृद्धि भएर तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ