ए.जी. हेल्थ इण्डष्ट्रिजको डिलर मिट सम्पन्न ,उत्कृष्ट डिलर्सहरुले पाए सम्मान

प्रकाशित मिति:

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा–१६ स्थित ए.जी. हेल्थ इण्डष्ट्रिज प्रा.लि.को‘डिलर मिट प्रोगाम’ सम्पन्न भएको छ । उद्योगले सोमबार मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक समारोह बीच कार्यक्रम सम्पन्न गरेको हो । वि.सं.२०७४ सालमा स्थापना भएको कम्पनीले पहिलो पटक आफ्ना डिलर्सहरुसँग भेटघाट कार्यक्रम गरेको हो । बालबालिकाका लागि सगुन बेबी ब्राण्डमा डायपर र महिलाका लागि सेनीटरी उत्पादन गर्दै आएको यस उद्योग डायपर उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो भने सेनीटरी प्याड उत्पादन गर्ने दोस्रो उद्योग हो ।

उद्योगका देशभर १२० डिलर्सहरु रहेको र सम्पन्न कार्यक्रममा करिब एक सय प्रतिनिधिहरुको सहभागिता रहेको उद्योगका प्रबन्ध निर्देशक डोलराज अधिकारीले बताए । सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले सबै डिलर्सहरुको प्रयास र सहकार्यले नै उद्योगले गति लिएको बताउँदै निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा उनकी माता माया अधिकारी,स्थानीय समाजसेवी भिमलाल गैरे, निर्देशक डोलराज अधिकारी,गंगाधर अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट डिलर्सहरुलाई सम्मान गरिएको थियो । सञ्चारकर्मी सञ्जु पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।