पक्राउ परे पत्रकार भण्डारी

प्रकाशित मिति:

काठमाडौं – कञ्नपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त मुद्दाको विषयमा अदालतलाई प्रभावित पार्ने गरी समाचार लेखेको भन्दै उनीविरुद्ध नेपाल बार एशोसिएशन कञ्चनपुरले अवहेलना मुद्दा हालेको थियो ।

त्यसमा सुनुवाई गर्दै जिल्ला अदालतले ३० असारमा भण्डारीलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । उनलाई मंगलबार पक्राउ गरेर जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवानासमेत तिरेका छन् । पत्रकार भण्डारीले भने आफूलाई पुनरावेदनको मौका पनि नदिएको फेसबुकमा लेखेका छन् । – अनलाइनखबर