कांग्रेस नेता भण्डारीको कमाण्ड देख्दा कार्यकर्ता उत्साहित

प्रकाशित मिति:

प्रकाश अधिकारी/बाग्लुङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी बागलुङको बुर्तिवाङ पुगेर ५ दिनदेखि भेटघाट,घरदैलो र सभाको सम्बोधन गर्दा कार्यकर्ता उत्साहित भएका छन्। बागलुङ क्षेत्र न.२ को प्रदेश सभा (ख) को उपनिर्वाचनलाई मध्यनगर गर्दै भण्डारी कमान्ड समालिरहेका छन्।

नेता भण्डारी बुर्तिवाङ हुदा युवा देखि प्रदेश भित्रका नेता तथा कार्यकर्ता निकै उत्साहित भएका छन्। नेता भण्डारी कार्यकर्तालाई पार्टीको पक्षमा सक्रिय हुदै सशक्त रूपमा लाग्न निर्देशन दिदै लोकतन्त्र रक्षाका निम्ति कांग्रेसले जित्न आवश्यक रहेको बताइरहेका छन्।

भण्डारीले सभामा कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त भएको जनताको शान्ति सुरक्षा देखि राष्ट्रियताको विषयमा गम्भीर नभएको हुनाले कांग्रेसलाई जिताएर जनताको अधिकार सुनिश्चित गर्ने आव्हान गरेका थिए।पार्टीले केन्द्रीय प्रतिनिधिका रूपमा नेता भण्डारीलाई पठाएको थियो।उक्त प्रदेशमा कांग्रेसका उम्मेदवार जितबहादुर शेरचन रहेका छन्।