‘लुम्बिनी न्युज फेस्टिबल-२०७६’ सम्पन्न

प्रकाशित मिति:

जगिलाल थापा/लुम्बिनी –  लुम्बिनीमा मंसिर १ गते देखि ३ दिन सम्म चलेको लुम्बिनी न्युज फेस्टिवल १६ बुंदे लुम्बिनी न्युज फेस्टिबल -२०७६ को निष्कर्ष पत्र जारी गरि सम्पन्न भएको छ। पत्रकारिताको इतिहासमा लुम्बिनी प्रेस क्लब सिद्दार्थनगरले आयोजना गरेको “संघियतामा संचार,समृद्धिका लागि मोफसल नै मुलधार” भन्ने मुल उदघोष सहित शुरु भएको लुम्बिनी न्युज फेस्टिबल-२०७६ मा देशभरका ३०० भन्दा बढी बिभिन्न संचार गृहहरुका प्रमुख,सम्पादक तथा पत्रकारहरुले सहभागिता जनाएको फेस्टिबलमा विभिन्न १७ वटा सेसनहरु संचालन गरि पत्रकारितामा चुनौती र भविष्यको बाटो,संघियतामा रेडियो,संघियतामा न्यु मेडिया,पत्रकारितामा स्टोरी टेलिङ,लुम्बिनी सम्पदा,समृद्धि र समाज,लुम्बिनी भ्रमण बर्ष २०७६ र प्रचार प्रसारको प्रभाव,पत्रकारितामा के लेख्ने र कसरी लेख्ने,संघियतामा टेलिभिजन,संघियतामा समाबेसी संचार,पत्रकारका समस्या मुखामुख र बुद्ध सर्किटमा रहेका रामग्राम र तिलौराकोटको अध्ययन अवलोकन भ्रमण र प्रस्तुति लगायत बिषयहरुमा सम्बन्धित बिषयका बिज्ञहरु संग छलफल र अन्तरकृया संछालन गरिएको थियो।

सूचनाको हक सम्बन्धी कानुनलाई प्रेस जगतमा सीमित नराखी जनताका अन्य मौलिक अधिकारको प्राप्ती तथा जनअधिकारको रुपमा परिमार्जन गरि सूचनालाई पहुंचसंग,पहुंचलाई बुकास संग,बिकासलाई समृद्धीसंग गास्ने मूलआधार बनाउन मंसिर १-३ सम्म लुम्बिनीमा सम्पन्न “लुम्बिनी न्युज फेस्टिबल-२०७६”को समापन गर्दै आज जारी गरिएको फेस्टिबलको निष्कर्ष पत्रमा संचार माध्यमले आम जनमानसको सोंचमा प्रभाव पार्ने,पारदर्शिता सिर्जना गर्ने र दसचेतना बढाउने तथा सामाजिक कुरितिसंग लड्न सक्ने क्षमता राखने कुरामा कुनै बिबाद नभएको र नेपालमा राजनीतिले समाजका अन्य कुरा भन्दा प्राथमिकता पाउदछ संचार क्षेत्र पनि यसबाट भिन्न नभएको उल्लेख गर्दै १६ बुंदे निष्कर्ष पत्र घोषणा गरिएको हो।

निष्कर्ष पत्रमा नेपालको राष्ट्रियता,एकता,भौगोलिक अखण्डता तथा सार्वभौमिकता प्रति सदैब राष्ट्रिय सहमति कायम गर्न सम्पुर्ण राजनीतिक दल,नागरिक समाज,प्राज्ञिक बर्ग,बुद्दिजिबी,पत्रकार,गैरसरकारी संस्था एबं सर्बसाधारण नेपालीलाई महोत्सब आव्हान गर्दै राज्यले लोक कल्याणकारी मिडिया संचालन गर्नुपर्छ,प्रस अर्थात शक्तीको अभ्यासको रुपमा होइन।लोक कल्याणकारी मिडियलाई आफै कमाएर बांच भनेर छाड्नु हुदैन।यही परिप्रेक्षमा सरकारले गोरखापत्र,रेडियो नेपाल,नेपाल टेलिभिजन,रासस,दुरसंचार,हुलाक आदी चलाउन हुन्छ कि हुदैन भन्ने बिषयलाई हेर्नू पर्छ तथा सरकार संचालित संचार माध्यमहरुको पुन: संरचना गरि ग्लोबल तथा नाफामुखी मिडियाको दुष्प्रभाव र एकाधिकार घटाउने अर्को प्रभावकारी उपाय साना,स्थानिय सामुदायिक तथा जनताद्वारा संचालित मिडियाहरुलाई संरक्षण र प्रोत्साहन गर्ने नीति अबलम्बन गर्न संघ,प्रदेश र स्थानिय तहका सरकारलाई महोत्सबले अाग्रह गरेकोछ।

लुम्बिनी न्युज फेस्टिबल २०७६ को निष्कर्ष पत्र लेखन समितिका संयोजक तथा लुम्बिनी बौद्ध बिश्वबिधालयका रजिस्टार तिलक आचार्यले घोषणा गरिएको निष्कर्ष पत्रमा पत्रकार आचारसंहिता दृढतापुर्बक पालना गर्दै ब्यबसायिक पत्रकारिताप्रति प्रतिबद्ध रहने र राजनीतिक दलसंगको आवद्धता र सरकार निकट बन्ने सोचाईबाट पुर्ण रुपमा मुक्त हुने प्रण गर्दछ साथै सरकारी संचारमाध्यम एबम निजी संचारमाध्यमलाई जनशक्तीको ब्यबस्था र बिषयगत हिसाबले समाबेसी बनाउन महोत्सब सम्बन्धी पक्षलाई आव्हान गर्दछ निष्कर्ष पत्रमा भनिएकोछ ।

५ नं. प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्षलाई लक्षित गरि आयोजना गरिएको “लुम्बिनी न्युज फेस्टिबल २०७६”ले प्रदेश ५ को प्रमुख प्रयटकिय क्षेत्रहरु बुद्ध सक्रितका लुम्बिनी,कपिलबस्तुको तिलौराकोट,नवलपरासीको रामग्राम,देबदह,निग्लिहवा,सग्रहवा,गैडहवाताल र दानापुरताल लगायतको प्रचार प्रसार गर्न र भ्रमण बर्षले लिएको लक्षलाई पूरा गर्न सहयोग पुग्ने बिश्वास गरिएको फेस्टिबलमा पत्रकारहरुले भोग्नु परेको समस्या,पत्रकारहरुको पारिश्रमिक,संघिय संरचनामा संचार गृहहरुको भुमिका र न्यु मेडियाको रुपमा आएको अनलाईन पत्रिकाहरुको भबिष्य र बिश्वसनियताको बारेमा समेत संचार क्षेत्रमा लामो अनुभव प्राप्त गरेका बिज्ञ र संचार गृहहरुका सम्पादक तथा प्रमुखहरु संग छलफल तथा अन्तरकृयाबाट अन्तिम निष्कर्ष पत्र तयार गरिएको हो।