आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

प्रकाशित मिति:

सुर्खेत/स्वर्गीय आमा किमसरा रेग्मीको वार्षिक पुण्य तिथीको अवसरमा गुर्भाकोट नगरपालिका–६ का खिमबहादुर रेग्मीले नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुर्भाकोट–६ बडाखोलीमा एकलाख एकहजार एकसय एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । मंगलवार आफ्नी आमाको वार्षिक पुण्य तिथीको अवसर पारेर उनले भक्त, किमसरा रेग्मी स्मृती अक्षयकोषको स्थापना गरी विद्यालयलाई हस्तान्त्रण गरेका हुन । उक्त अक्षयकोषबाट त्यस विद्यालयमा अध्यनरत गरीव, जेहेन्दार विद्यार्थीहरुको हौसला बढाउने र सुसंस्कार, सिर्जनसिल विद्यार्थीलाई सहयोग पुग्ने बताएएको छ ।

यस अक्षउकोषबाट दिइने पुरस्कारहरु विद्यालयको नियमीत वार्षिक उत्सव माघ ११ गते वितरण गरिने विद्यालयका प्रध्यानाध्यापक ढालबहादुर खत्रीले जानकारी दिए । यो कोषको सञ्चालन खिमबहादुर रेग्मी र उनकी श्रीमती मीना रेग्मीले गर्नेछन् भने संरक्षकमा विद्यालय व्यवस्थापन समिति र विद्यालय रहनेछ ।